मितीः २०७७ असार ११
ताप्लेजुङ जिल्ला फुङलिङ न.पा वडा नं १० र ११, फावाखोला गाउपालिकाको वडा नं ४, सिरीजंगा गा.पा. को वडा नं ३ र साविकका गा.वि.सहरु फुङलिङ— ६, फुरुम्बा — १ र ९, लिङखिम — १, तिरिङगे —१ हाङदेवा —१, फावा खोला— १, तापेथोक लगायतका क्षेत्रहरु आदिवासी याक्थुङ् (लिम्बू)को ऐतिहासिक र साँस्कृतिक भूमि तथा सम्पदा (मुर्त र अमुर्त) रहेका थातथलो हो । उक्त क्षेत्रमा अवस्थित याक्थुङहरु (लिम्बू) हरुको मुक्कुमलुङ रहेको र याक्थुम समुदायको सृष्टिकालिन आस्था युमा यही स्थानमा अल्पेको र शक्तिरुप धारण गरी मुक्कुमलुङमा (शीला ढुँगाको देबीको रुप लिएको याक्थुङ मुन्धुममा बर्णितछ । याक्थुङ समुदाय मुन्धुमले संचालित र त्यस उपर अटल विश्वास र आस्था राख्ने समुदाय हो । मुक्कुमलुङमा (सर्वशक्तिमान युमाको प्रतीक शीला ढुँगा) उक्त मुन्धुमी मुकुमलुङमा याक्थुङहरुको आस्था र सांस्कृतिक पहिचानलाई पाथीभरा बनाइएको छ । त्यसको सम्बन्धित समुदायबाट पटक—पटक विरोध भइ आएको कुरालाई विल्कुल वेवास्ता गरिएको छ । याक्थुङ समुदायलाई कुनै जानकारी र सहभागिता नगराई मुकुमलुङमाको अस्तित्व नामेट गर्ने गरी नेपाल सरकारबाट पाथीभरा विकास क्षेत्र घोषणा गरेर साँस्कृतिक विलयन (ऋगतिगचब िब्ककष्mष्बितष्यल) गर्ने कार्य गरिएको । त्यसलाई कार्यान्वयन गर्न जबरजस्ती प्रहरी परिचालन गरी सर्भे कार्य गर्ने भनी डर धाक, अनुचित दवाब र मानसिक त्रास उत्पन्न गर्ने सरकारबाट परियोजनाकाबाट परिचालित सिमित ब्यक्तिहरुलाई राखी प्रहरीको घेरामा गलत दस्तावेज तयार गर्ने कार्य मिति २०७७।३।१० बाट शुरुवात गरिएको कामकारबाही प्रति यस नेपालकाआदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समुह(लाहुर्निप)को गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालको संविधान २०७२ को धारा ५१(ञ) ८ ले आदिवासीलाई पहिचानसहित बाँच्न पाउने अधिकार प्रदत्त छ । नेपाल पक्ष रहेको आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र (यस पछि घोषणापत्र), २००७ धारा ८ ले आदिवासीहरुलाई विलयन विरुद्धको अधिकार छ । आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अनुबन्ध, १९६६ को धारा १ र १५ ले प्रत्याभूत सांस्कृतिक जिवनमा सहभागी हुन पाउने अधिकार, आई.एल.ओ. महासन्धि नं. १६९ तथा घोषणापत्रले प्रत्याभूत स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जूरीको विपरित माथि उल्लिखित सर्भेको कार्य भएको छ । साथै, प्राचीन स्मारक संरक्षण ऐन २०१३ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४, देवानी संहिता, २०७४ ले स्थानीय स्तरको सांस्कृतिक अभिलेख राख्ने संरक्षण गर्नु पर्नेमा सो गरिएको अवस्था देखिएन ।
यसरी मानव अधिकार, संविधान र कानूनविपरीत याक्थुङ्वा (लिम्बू)आदिवासीको ऐतिहाँसिक, मुन्धुमी, धार्मिक, साँस्कृतिक स्थलमुक्कुमलुङमालाई सांस्कृतिकविलयननगरी मुक्कुमलुङलाई पहिचान दिलाउन सरकार समक्षलाहुर्निप आग्रहगर्दछ । साथै यस मुक्कुमलुङ क्षेत्रको संरक्षण तथा विकासको लागिआई.एल.ओ. महासन्धी नं. १६९ तथाआदिवासीजनजातिका अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र २००७ ले प्रत्याभूत गरेको स्वतन्त्र अग्रीम जानकारीसहितको मन्जुरीको प्रकृया याक्थुङ् (लिम्बू)आदिवासीसंग शुरु गर्न तथा समुदायलाई डरधाक, त्रास, अनुचित दवाब दिने र समुदायलाई विभाजन गर्ने कुनै पनि कार्य नगर्न नगराउन पनि सम्बन्धित निकायलाई लाहुर्निप आग्रह गर्दछ ।
................
शंकर लिम्बु
(सचिव)