मितिः २०७९।०१।२१
नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) का सल्लाहकार, राष्ट्रिय योजना आयोगका निवर्तमान सदस्य तथा आदिवासी विज्ञ डा. चैतन्य सुब्बाको दुःखद् निधनले हामी मर्माहत भएका छौं ।
शोकको यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
डा. सुब्बाले आदिवासी अधिकारका आन्दोलन र विकासमा निर्वाह गर्नु भएको भूमिकाको उच्च सम्मान गर्दै उहाँले दिनुभएको दिशानिर्देशलाई सदा आत्मसात् गर्ने प्रण गर्दछौं ।
साथै, यस पीडाको घडीमा रहनु भएका समस्त परिवारजन, आफन्तजनमा तागेरा निङ्वाभुमाङले शोकलाई शक्तिमा परिणत गर्न सक्ने साहस प्रदान गरुन् भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
......................
(अधिवक्ता श्री शान्ति कुमारी राई)
अध्यक्ष
तथा लाहुर्निप परिवार




