गैर न्यायिक सडक विस्तार विरुद्ध रिले अनसन

LAHURNIP
LAHURNIP
Updated on April 10, 2026

चैत्र २३,
गैर न्यायिक सडक विस्तार विरुद्ध काठमाडौं उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिले आजदेखि शान्तिबाटिका, रत्नपार्कमा रिले अनसन शुरु गरेको छ । बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्मको रिले अनसन माग पुरा नभए सम्मको लागि थालिएको संघर्ष समितिका अध्यक्ष सुमन सायमी बताउँदछन् । 

यसै रिले अनसन सँगै हस्ताक्षर संकलन कार्यक्रम पनि आयोजना गरिएको छ । सो हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने गरी संकलन गरिएको हो । गैर न्यायिक सडक विस्तारको मागहरु सुनाएपछि सहमति जनाउनेले हस्ताक्षर गर्ने शान्त प्रकास श्रेष्ठ बताउनु हुन्छ । आज मात्र हजारौं जनाले हस्ताक्षर गरी सकेको समेत बताउनु भयो ।

आज करीब ९ बजेबाट शुरु भएको रिले अनसनमा सुमन सायमी, शान्त प्रकाश श्रेष्ठ, राधा कृष्ण श्रेष्ठ, मान काजी मानन्धर, सानु बाबु विसुंखे, महेश कांरजित, अच्युत कुमार पण्डित क्षेत्री, धिरुज श्रेष्ठ, सचिता श्रेष्ठ, रिता महर्जन र गौतम दास मानन्धर रहेका छन् ।
यस रिले अनसनको लाहुर्निपले अनुगमन गरेको थियो ।