मन्त्री, माननीय डाक्टर गोपाल दहित ज्यूसँग लाहुर्निपका पदाधिकारीबार भेटघाट

LAHURNIP
LAHURNIP
Updated on April 10, 2026

२०७४ वैशाख २८ गते

भूमिसुधार तथा व्यवस्था मन्त्री, माननीय डाक्टर गोपाल दहित ज्यूसँग नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) का पदाधिकारीहरुले वहाँको कार्यकक्ष सिंहदरबारमा आज भेटघाट गर्नुभएको छ । भेटको अवसरमा आदिवासीहरुसँग सम्बन्धित महत्वपूर्ण कानूनी तथा नीतिगत विषयहरुमा छलफल समेत भएको छ । छलफलका क्रममा माननीय मन्त्री ज्यूले महत्वपूर्ण कानूनी नीतिगत तथा कमलरी सम्बन्धी निर्देशिकालाई तत्काल अगाडि बढाइने जानकारी गराउनुभएको छ ।