सडक पीडित न्यायका लागि सडकमा

LAHURNIP
LAHURNIP
Updated on April 09, 2026

फागुन १२, काठमाडौं
काठमाडौं उपत्यका व्यापी सडक बिस्तार पीडित संघर्ष समितिले न्यायको माग गर्दै आज धर्ना तथा जुलुस गरेको छ । धर्नापछि  प्रदर्शनकारीहरुले माईतिघर–बिजुलीबजार परिक्रमा गरी माइतीघरमा कोणसभा गरेका थिए । कोणसभाका सहभागीहरुले सडक बिस्तारका नाममा राज्यले आदिवासी र स्थानीय समुदायहको माग बेवास्ता गरेको र विकासका नाममा गाँस, बास, कपास खोस्ने काम गरेको बताए ।  विगत लामो समयदेखि  संघर्ष समितिले विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आईरहेको छ ।

समितिले उपत्यकाभित्र भइरहेको गैरन्यायिक सडकका क्रममा यहाँका ऐतिहासिक धरोहरहरुको संरक्षण गरिनुपर्ने, ऐतिहासिक बस्ती तथा आदिवासीहरुलाई विस्थापित नगरिनुलगायतका मागहरु राखेको छ । त्यस्तै सडक बिस्तार गर्दा प्रचलित कानून बमोजिम उचित मुआब्जा तथा चलनचल्तीको मूल्यमा क्षतिपूर्ति तथा पूर्ण बिस्थापितलाई पुर्नस्थापना गरिनु पर्ने माग समितिको रहेको छ । गैरन्यायिक सडक बिस्तार भईन्जेल आन्दोलनको कार्यक्रम चलि रहने संघर्ष समितिका अध्यक्ष सुमन सायामीले बताउनु भयो ।

सडक बिस्तार सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेशी सूचीमा चढे पनि सुनुवाई नभएको अधिवक्ता जितेन्द्र बज्रचार्यले बताए । 


कार्यक्रमको अनुगमन नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निपले) अनुगमन गरेको थियो ।