उपत्यका बन्दमा चरम प्रहरी हस्तक्षेप भयोः बन्दकर्ता

LAHURNIP
LAHURNIP
Updated on April 09, 2026

काठमाडाैं २० पुष २०७३

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आयोजना गरेको उपत्यका बन्दमा प्रहरी हस्तक्षेप भएको छ ।  शान्तिपूर्ण रुपमा संचालन भएको बन्दका क्रममा हाल सम्म संघर्ष समितिका अध्यक्ष सुमन सायमीलगायत सात दर्जन बढी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पत्रकार तथा महिलासमेत रहेका छन् । महिलालाई समेत पुरुष प्रहरीहरुले पक्राउ गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । राजधानीका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् । काठमाडांैको कालीमाटी, बसन्तपुर, डल्लु, सामाखुसी, सितापाईला, कीर्तिपुरलगायतका स्थानबाट उनीहरु पक्राउ परेका हुन् । 

नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले गरेको अनुगनममा बन्द शान्तिपूर्ण रहेको पाइयो । सार्वजनिक सवारीका साधनहरु न्यून रुपमा चलेका छन् भने पसल, कल कारखाना तथा शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् । संघर्ष समितिका सदस्य शान्त प्रकाश श्रेष्ठका अनुसार बन्दकर्ताहरुले जबरजस्ती कसैलाई नगरेको र उपत्यका बाहिरबाट भित्रिने सवारीका साधनलाई समेत कुनै रोक नलगाइएको बताए । बन्दकर्ताहरुबाट कुनै प्रकारको अभद्र तथा सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने काम नभएको अनुगमनका क्रममा पाइयो । तर, बन्दकर्ताहरु संयमित बन्दा बन्दै पनि प्रहरी प्रशासन चरम दमनमा उत्रिएको नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकारले बताए । 

लाहुर्निपको अनुगमन टोलीले उपत्यकाको थापाथली, बसन्तपुर, टेकु, कलंकी, कालीमाटी, थानकोटलगायतका स्थानमा अनुगमन गरेको थियो ।