मिति २०८२।०५।२३
अपिल
सरकारले विभिन्न सामाजिक सञ्जालमा लगाएको बन्देज¸ व्याप्त भ्रष्टचार¸ बेथितिलगायत देशको समस्यालाई लिएर मिति २०८२।०५।२३ गते देशका विभिन्न भागमा शुरुवात गरेको जेन–जि (Gen-Z) पुस्ताको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागि १९ जनाको मृत्यु भएको अकल्पनीय घटनाले नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह "लाहुर्निप" स्तब्ध बनेको छ । मृतकहरु प्रति लाहुर्निप भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै¸ मृतकका आफन्तजनहरु प्रति गहिरो समवेदना प्रकट गर्दछ । सुरक्षाकर्मीको अत्याधिक बल प्रयोग मानव अधिकार तथा लोकतन्त्रको विरुद्व हो भन्ने हाम्रो ठम्याई छ ।
यस विषयमा लाहुर्निप निम्न अपिल गर्दछ:
मानव अधिकारको गम्भीर हनन् भएको यस घट्नामा स्वतन्त्र र न्यायिक छानबीन गरी दोषीहरुलाई कानून कारबाहीको दायरामा ल्याई कारबाही तथा सजाय हुनुपर्दछ । घाइतेहरुको उपचार भइरहेका अस्पतालमा सुरक्षाकर्मीहरुको गतिविधि तुरुन्त बन्द गरी शान्तिपुर्ण विना ब्यावधान घाइतेहरुको उपचार हुने वातावरण सुनिश्चित गरियोस । शान्तिपूर्ण बिरोधमा राज्यले शक्तिको दुरुपयोग गरी सुरक्षाकर्मीहरुले अनावश्यक बल तथा गोली चलाउने कार्य जुनसुकै अवस्थामा मानव अधिकार विधीको शासन र कानूनी राज्यको विपरित भएको यस्ता घटना तुरुन्त रोक्नु पर्दछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थालाई अपिल
निहत्था जनताको भेला हुने र अभिब्यक्ति स्वतन्त्रता अन्तरगत शान्तिपूर्ण विरोध गर्ने कार्यक्रमहरुमा सुरक्षाकर्मीहरुले अनावश्यक बल प्रयोग गरी गोली चलाउने कार्यहरु गरेको हुनाले यस्ता घट्नाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारका संघसंस्थाले निरन्तर निगरानी मुल्यांकन गरिनु आवश्यक देखिन्छ । यस्ता घट्नाहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारका विज्ञहरुको समिती गठन गरी सत्य तथ्य अध्ययन गरी प्रतिवेदन तयार गरी सार्वजानिक गरिनुपर्छ ।
....................
दिनेश कुमार घले
अध्यक्ष
