मितिः २०७६ मंशिर १५ गते
प्रेस विज्ञप्ती
मोरङ जिल्लाको ग्रामथान गाउँपालिका वडा नं. ५ को गिद्नियाँ गाउँको करिव दुई किलोमिटर दुरिमा ३३ केभी विद्युत प्रसारण लाइन निर्माणका लागि प्रभावित स्थानीय आदिवासीसंग भएको परामर्श तथा सहमति बिना सडक बिचबाट भूमिगत रुपमा प्रसारण लाइन निर्माण गर्न लागिएको प्रति यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समुह (लाहुर्निप) को ध्यानाकर्षण भएको छ । साथै आदिवासी तथा स्थानीय समुदायसंग भएको पूर्व सहमति समेत उल्लघंन गर्ने काम भएको छ ।
स्थानीय प्रसाशनले कफ्र्यु भन्दै माइकिङ गरी जनतालाई आतँकित पार्नुका साथै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरि शान्तिपूर्ण प्रदर्सनमा उत्रिएका जनतामाथि बल प्रयोग गर्दा केही प्रदर्सनकारी सामान्य घाइते समेत भएका छन् ।
कुनै पनि विकास निर्माणको काम गर्दा आदिवासी तथा स्थानीय जनतासंग छलफल, परामर्श तथा उनीहरुको सहमतिमा मात्र गर्दा दीगो विकास हुने हुँदा त्यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । तसर्थ विकासका नाममा प्रभावित समुदायलाई आतँकित पार्ने तथा सुरक्षा फौज परिचालन गरी द्वन्दको अवस्था सिर्जना नगर्न सम्बन्धित निकायलाई आग्रह गरिन्छ ।
..........
शंकर लिम्बू
सचिव