मितिः २०८० साउन १७ गते
आज मिति २०८० साउन १७ गतेका दिन राष्ट्रिय टेलिभिजनमा जातीय घृणा तथा वितृष्णा फैलाउने अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई अदालतले पक्राउ पुर्जी जारी गर्दासमेत प्रहरी प्रशासन मौन रहे पछि नीज अधिवक्ता भगवती पाण्डेलाई तत्काल पक्राउ गर्नुपर्ने माग सहित शान्तिपूर्ण प्रदर्शन गर्न महानगरीय प्रहरी परिसर टेकु पुगेका प्रदर्शनकारीहरुमाथि अनाहक बल प्रयोग गरी घाइते बनाउने तथा नियन्त्रणमा लिई सकेपछि निर्मम यातना दिने घोर मानव अधिकार विरोधी प्रहरी प्रशासनको हर्कतप्रति यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) घोर निन्दा गर्दछ । लाहुर्निपको स्थलगत अनुगमनमा पाइए अनुसार बाटोमा हिँडिरहेकाहरुलाई पनि अनुहार हेरेर बिना कारण नियन्त्रणमा लिई कुटपिट गर्ने तथा यातना दिई हात खुट्टा समेत भाँचिदिने काम प्रहरी प्रशासनबाट भएको छ ।
नियन्त्रणमा लिइएका प्रदर्शकारीहरुलाई तत्काल रिहा गर्न तथा घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न हामी सम्बन्धीत निकायसँग जोडदार माग गर्दछौै । साथै जातीय विभेद तथा हिंसालाई प्रोत्साहन हुने अभिव्यक्ति दिने नीज पाण्डेलाई कानून बमोजिम कारबाही गर्न समेत आग्रह गर्दछौ्र ।
............
भिम राई
सचिव