लाहुर्निप, Centre of Defenders Award बाट सम्मानित

LAHURNIP
LAHURNIP
Updated on April 10, 2026

११ मार्च, लाहुर्निपलाई एआईपीपीले आदिवासीका मानवअधिकार प्रतिरक्षा गर्ने कार्यलाई सम्मान गर्दै Centre of Defenders Award ले सम्मानित गरेको छ । उक्त सम्मान २०२४ साल मार्च ३ मा थाईलैण्डको च्याङमाईमा भएको एक कार्यक्रमको विचमा प्रदान गरेको हो । उक्त समारोहमा लाहुर्निपका साथै बंगलादेशको कापिङ फाउन्डेसन (KAPAEENG Foundation) समेतलाई Centre of Defenders Award ले सम्मान गरेको थियो । साथै INTERNATIONAL WORK GROUP FOR INDIGENOUS AFFAIRS (IWGIA) लाई AN ORGANISATION WITH HIGH EXCELLENCE AND COMMITMENT TO INDIGENOUS PEOPLES’ MOVEMENTS AND EMPOWERMENT ले सम्मान गरेको थियो । एसियाका विभिन्न देशका करिव १२० भन्दा बढि सहभागी भएको उक्त कार्यक्रममा UN Permanent Forum on Indigenous Issues का अध्यक्ष,  UN Expert mechanism on the rights of Indigenous peoples(EMRIP)का अध्यक्षलगायतको सहभागिता थियो ।

आदिवासीको मानव अधिकार प्रतिरक्षा गर्नु चुनौती पूर्ण कार्य हो । यसरी प्रतिरक्षा गर्ने क्रममा कुनै आदिवासहिरुका गैरकानुनी हत्या गरिएको छ, कोही गम्भिर भएका छन्, कसैलाई बेपत्ता पारिएको छ भने कतिपयलाई आतंककारीको आरोप लगाई देश निकाला गरिएको छ, त्यस्तै कतिलाई झुट्टा मुद्दा लगाईएको छ । यस्तो परिस्थितिमा पनि एसियाका आदिवासीहरुको मानवअधिकार प्रतिरक्षा गर्न मानव अधिकार प्रतिरक्षक संजाल (Indigenous Peoples Human Rights Defender(IPHRD) Network) निमार्ण गरेका छन् । सो संजाल नेपाललगायत, बंगलादेश, भारत, म्यानमार, फिलिपिन्स, कम्वोडिया, इण्डिोनेसिया, थाइलैण्ड र मलेसियामा विस्तार गरिएको छ । यी देशहरुमा विभिन्न संस्था र संगठनहरु संजालमा सदस्यता रहेको छ । जसको नेतृत्व एसिया ईन्डिजिनियस पिपुलस् प्याक्ट(एआईपिपि)ले गरेको छ । नेपालमा भने यस संजालको नेतृत्व आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समुह (लाहुर्निपले) गर्दे आएको छ । एआईपिपिले एसियाका १४ वटा देशहरुमा आदिवासीका मानवअधिकार, आधारभूत स्वतन्त्रता, आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासनको क्षेत्रमा सन् १९९२ देखि काम गर्दे आएको छ ।

लाहुर्निप आदिवासी वकिलहरुद्वारा वि.स. २०५१ सालमा स्थापना भएको संस्था हो । लाहुर्निपले स्थापना कालदेखि नै आदिवासीहरको मानव अधिकारको क्षेत्रमा संगठित रुपमा काम गर्न थालेको हो । लाहुर्निपले आदिवासीहरको मानव आधिकार प्रतिरक्षाको लागि १०३ जना आदिवासी मानवअधिकार प्रतिरक्षकहरु आवद्घ गरी कार्य गर्दै आएको छ ।

आदिवासीका मानव अधिकार प्रतिरक्षा गर्न सबैभन्दा अग्रपङ्तीमा विभिन्न अभाव र चुनौतिलाई चिर्दे अगाडी वढ्ने प्रतिरक्षकहरुको मनोवल वढाउन र उनीहरुको उच्च सम्मान गर्न एआईपीपीले सन् २०२४ मा Centre of Defenders Award स्थापना गरेको छ । यहि अवार्ड लाहुर्निप र कापिङ फाउन्डेसनलाई सम्मान स्वरुप प्रदान गरेको हो । उक्त सम्मान कार्यक्रममा संयुक्त राष्ट्रसंघका आदिवासीसँग सम्बन्धीत Distinguished UN Special Rappporteur on the Rights of Indigenous Peoples(virtual) , Chair, UN Permanent Forum on Indigenous Issues, Chair of EMRIP and members, Board of Trustees of UN Voluntary Fund for Indigenous Peoples and Secretary, एआईपीपीका महासचिव तथा सदस्यहरु, IWGIA, DTP, TCF, Freedom House का प्रतिनिधहिरु, १४ वटा देशका आदिवासी प्रतिरक्षकहरु, आदिवासीका परम्परागत संस्थाका प्रतिनिधिहरु, युवा, अपांगता भएका व्यक्तिहरु, महिला संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।