LAHURNIP conducts field monitoring of Strike (Banda)

LAHURNIP
LAHURNIP
Updated on April 09, 2026

२० पौष, २०७३


काठमाडांै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आयोजना गरेको बन्दका क्रममा आज बिहान काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट तीन दर्जन बढी पक्राउ परेका छन् । बिहान करिब साँढे ६ बजे कालीमाटीबाट सुमन श्रेष्ठ, प्रकास श्रेष्ठ, किरण श्रेष्ठ, राम शरण सायमी र कृष्ण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ । त्यस्तै करिब ७ बजे सामाखुसीबाट सुरेन्द्र श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, समीर शाही, पञ्चनारायण डंगोललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त महाराजगंजले बताएको छ । साथै सितापाईलाबाट विश्वराम वलामी, करुण वलामी र राम वलामीलाई नियन्त्रण लिएको प्रहरी बृत्त स्वयम्भूले जनाएको छ । किर्तीपुरबाट नजराम महर्जन, लगनबाट अमृत मानन्धर, बसन्तपुरबाट संघर्ष समितिका अध्यक्ष सुमन सायमी, पत्रकार द्वय लहाना वाः पौस् का व्यवस्थापक सुनिल भक्त श्रेष्ठ, ईलह प्रकाशनका पत्रकार दर्शन शाक्य तथा दुई महिला विद्या महजर्न श्रेष्ठ, बिनि श्रेष्ठ लगायत अन्दाजी २५ जनालाई नियन्त्रणमा लिई पुलिस क्लब भृकुटीमण्डपमा लगिएको छ । त्यसैगरी बौद्घ–जोरपाटी क्षेत्रबाट सानुभाई विसंखे सहित करिव एक दर्जन पक्राउ गरिएको छ भने डल्लु, भगवान पाउबाट राजु खरेल, इश्वरमान डंगोल र किरण शाही लगायत १० जना पक्राउ परेका छन् ।

यसै सन्दर्भमा नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धी वकिल समुह (लाहुर्निप) ले बन्दको क्रममा हुनसक्ने प्रहरी धरपकड र हस्तक्षेप लगायतका मानवअधिकार हननको अनुगमन गरिरहेको छ ।