थारु प्रशिक्षण भेला शुरु

LAHURNIP
LAHURNIP
Updated on April 09, 2026

लहान सिरहा

नेपालका २४ जिल्ला तथा भारत लगायतका देशबाट आमन्त्रीत थारु अग्रज तथा नेतृहरुको तीन दिने प्रशिक्षण भेला आजबाट सिरहाको लहानमा शुरु भएको छ । कार्यक्रममा महिला र पुरुष गरी जम्मा ६५० जनाको सहभागीता रहेको छ । सो कार्यक्रम माघ २३, २४ र २५ गते तीन दिन सम्म चल्ने छ ।  

डा कृष्ण भट्टचन, अधिवक्त शंकर लिम्बू, बुद्धिजीवी सिके लाल, प्राध्यपक विजय कान्त कर्ण, अधिवक्ता सुरेन्द्र महतो, अधिकारकर्मी ज्योति दनुवार लगायतले सो कार्यक्रममा सहजीकरण गर्ने आयोजकले बताए । सो कार्यक्रममा विशेष गरी संविधान, वर्तमान राजनीतिक अवस्था र आदिवासी जनजाति आन्दालनका बारेमा बिचार बिमर्श गरी आगामी  कार्ययोजना तयार गरिने बताइएको छ ।

थरु कल्याणकारी सभा केन्द्रीय प्रशिक्षण विभागको आयोजना तथा थारु कल्याणकारी सभा सिरहाको संयोजन तथा व्यवस्थापनमा संचालित सो कार्यक्रमको उद्घाटन सभाका संरक्षक अमृत प्रसाद खाँ थारुले गरेका थिए ।