उच्चस्तरीय नीतिगत संवाद अपडेट

LAHURNIP
LAHURNIP
Updated on April 09, 2026

उच्चस्तरीय नीतिगत संवाद अन्तरगतको दोस्रो सत्रमा उर्जा मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नीति फाउन्डेसन तथा प्राध्यापक कृष्ण हाछेथुले कार्यपत्र प्रस्तुत गर्नु भयो ।
उर्जा मन्त्रालयका उप–सचिव सागर राज गौतमले उर्जा मन्त्रालयमा भएका नीतिहरु, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उप–सचिव लिला अधिकारीले मन्त्रालयको बारेमा तथा पदमेन्द्र श्रेष्ठले नेपालको जलस्रोत तथा सो को उपयोगबारे तथा डा. कृष्ण हाछेथुले राज्य पुनः संरचना तथा नेपालमा संघीयता बारेमा कार्य पत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमाथि सहभागीहरुले विभिन्न प्रश्नहरु राख्नुभएको थियो भने कार्यपत्र प्रस्तोताहरुले जवाफ दिनुभएको थियो । यस सत्रमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सह–सचिव रमेश ढकालले सहजीकरण गर्नुभएको थियो ।