विकास र आदिवासी अधिकार सवालमा अन्तरक्रिया

LAHURNIP
LAHURNIP
Updated on April 09, 2026

इलाम, असोज २० । विकास र आदिवासी अधिकार सवालमा एक दिवसीय कार्यक्रम इलाम सदरमुकाममा सम्पन्न भएको छ ।

नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले विभिन्न परियोजना प्रभावित आदिवासी तथा स्थानीय समुदायहरुसंग एक दिवसीय अन्तरक्रिया संचालन गरेको हो ।

सो कार्यक्रममा कावेली जल विद्युत परियोजनालगायतका परियोजना प्रभावित समुदायका प्रतिनिधिहरुको सहभागीता रहेको छ । साथै सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, नेपाल आदिवासी जनजाति युवा महासंघलगायतका आदिवासी सम्बद्ध संघ संस्थाहरुको प्रतिनिधिहरुको समेत सहभागीता रहेको छ ।

कार्यक्रममा सहभागीहरुले विकास निर्माणका संरचनाहरु निर्माण गर्दा समबन्धित परियोजना तथा लगानीकर्ता कम्पनीहरुले आदिवासी तथा स्थानीय समुदायहरुको अधिकार सुनिश्चित गर्नुपर्ने प्रावधान व्यापार र मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय निर्देशक सिद्धान्त लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारका दस्तावेजहरुले सुनिश्चित गरेको तर नेपालमा संचालित अधिकांश विकास परियोजना तथा व्यापारिक प्रतिष्ठानहरुले ती कानूनी प्रावधानहरुको पालना नगरेको बारे चर्चा गरे ।

कार्यक्रममा आदिवासी तथा मानव अधिकारसंग सम्बन्धीत विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारका दस्तावेजहरुको प्रावधान तथा व्यापारिक प्रतिष्ठानहरुको मानव अधिकार प्रतिको दायित्वका विषयमा छलफल भएको थियो । कार्यक्रमको सहजीकरण लाहुर्निपका कोषाध्यक्ष अधिवक्ता भिम राईले गरेका छन् ।