आदिवासी मानव अधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न

LAHURNIP
LAHURNIP
Updated on April 10, 2026

आदिवासी मानव अधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न

लाहुर्निपद्वारा आयोजित तीन दिने आदिवासी मानव अधिकार सम्बन्धी अभिमुखीकरण भक्तपुरमा सम्पन्न भएको छ । पूर्व ईलामदेखि पश्चिम सुर्खेत सम्मको १३ जिल्लाका २२ जनाको सहभागीता रहेको सो कार्यक्रम २०७४ पौष २ देखि ४ गते सम्म सञ्चालन भएको हो ।  
कार्यक्रममा आदिवासीको बारेमा आधारभूत ज्ञान, सामूहिक अधिकार र व्यक्तिगत अधिकार, मानवअधिकार, आईएलओ महासन्धि नं. १६९, आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रका बारेमा प्रशिक्षण दिइएको थियो । साथै व्यापार र मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय निर्देशक सिद्घान्तहरु, आदिवासी महिला अधिकार, दस्तावेजीकरण, मानवअधिकार हनन्को उजुरी प्रकृयाका सम्बन्धमा पनि सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो ।
स्थानीय स्तरमा काम गर्ने आदिवासीहरुको मानव अधिकार प्रतिरक्षक तयार गर्ने र उनीहरुलाई आफ्नो हक अधिकार तथा बहिष्करणमा पारिएको विषयलाई अभियानको रुपमा अगाडि बढाउन मानव स्रोत विकास गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरिएको हो ।